२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनचाँदीको भाउमा गिरावट



३ साउन ०७८, काठमाडौं ।  आइतबार सुन र चाँदी दुबैको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको छ भने चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेको छ। यसअघि शुक्रबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार ६०० र तेजाबी सुनको लागि प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकिएको छ।

अघिल्लो दिन छापावाला सुन प्रतितोला ९३ हजार २०० र तेजाबी सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो। यस्तै आइतबार चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

गत शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रुपैयाँमा खरिद बिक्री भएको थियो।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १२ : ४८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।