२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्से ९७ अङ्कले बढ्यो



३ साउन ०७८, काठमाडौं । नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो । बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ । हिमालय पावर लिमिटेड, सिँगटी हाइड्रो लिमिटेड, सिन्धु विकास बैंक, नाङ्ग्दी ग्रुप पावर र समृद्धि फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ६ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।