८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ए डिभिजन लिग रोक्न ललितपुरका चार क्लबको माग



 

साउन ०७८, काठमाडौं ।  आगामी असोज ३ गतेदेखि गर्ने तय भएको शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता रोक्न ललितपुरका चार क्लबले माग गरेका छन् ।

थ्री स्टार, जावलाखेल युथ, फ्रेण्ड्स र ब्रिगेड ब्वाइज क्लबले कोरोना संक्रमण दरमा उल्लेखनीय कमी नआएको भन्दै असोज ३ गतेदेखि गर्ने तयारी गरिएको ए डिभिजन लिग रोक्न अखिल नेपाल फुटबल संघ (एन्फा) सँग माग गरेका हुन् ।
एन्फा अध्यक्षको विशेष आग्रहमा मार्केटिङका लागि असोज ३ को मिति तय गरेको तर त्यसपछि ए डिभिजन क्लबको बैठक नै नबसी टिम दर्ताका लागि एकपक्षीय रुपमा पत्र पठाइएको भन्दै यथाशीघ्र क्लबको बैठक बोलाउन र लिग उपयुक्त समयमा गर्नका लागि चार क्लबले एन्फामा ज्ञापनपत्र बुझाएका छन् ।

ललितपुरका ए डिभिजन क्लबहरु जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, फ्रेन्ड्स क्लबका अध्यक्ष दीपक थापा, थ्री स्टार क्लबका महासचिव सञ्जीव शिल्पकार र ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लालकुमार पुनले संयुक्त रुपमा मंगलबार एन्फामा ज्ञापनपत्र बुझाएका हुन् ।

 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ७ : ४० बजे