१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भिडन्तमा मारिएका फोटोपत्रकारको सम्झनामा दिप प्रज्वलन



७ साउन ०७८, काठमाडौं । फोटोपत्रकार क्लबले अफगानिस्तानको कान्दाहारमा भएको भिडन्तमा मारिएका रोयटर्सका फोटोपत्रकार दानिश सिद्दीकीको सम्झना सगै आत्माको चिर शान्तिको कामना गदै १०८ दिप प्रज्ज्वलन गरेका छ । काठमाडौको स्वयम्भुनाथ  परिसरमा आयोजित श्रद्धान्जली तथा दिप प्रज्वलन कार्यक्रममा नेपाली फोटोपत्रकारहरुले मैनवत्ति तथा दिप बाल्दै सिद्दीकीको सम्झनामा १ मिनेट मौनधारण गरेको थिए ।
  आफनो कर्तव्य निर्वाहको शिलशिलामा अफगानिस्तानको कान्दाहारमा तालिवान र अफगान स्पेसल फोर्सेसबीच भिडन्तको तस्बिर संकलन तथा सम्प्रेषण गर्दागदै गत शुक्रबार मारिएका थिए । उनी अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका लागि भारतको रोयटर्स पिक्चर्स मल्टिमिडिया प्रमुख थिए । सिद्दीकी पछिल्लो दशकका युद्ध, संकट र मानवीय संघर्षका उल्लेखनीय फोटो खिचेका थिए भने नेपालमा २०७५ सालमा गएको भुकम्पको समेत उनले कभर गरेका थिए ।  सन् २०१८ मा रोयटर्सको टोलीले प्रतिष्ठित पुलिट्जर पुरस्कार जित्दा सिद्दीकी त्यसको एक सदस्य थिए ।
शाहसी, निडर ,उर्जावान र सधै आफनो कर्तब्यप्रति कर्मठ सिद्दीकी दक्षिण एशियाको फोटोपत्रकरिता जगतको एक उदीयमान नक्षत्र थिए । उनको निधनले दक्षिण एशियाली फोटोपत्रकरिताको क्षेत्रमा एक अपुरणिय क्षति पुगेको क्लवले विज्ञप्तीमार्फत बताएको छ । विज्ञप्तीमार्फत सिद्दीकी एक कर्मठ शाहसी फोटोपत्रकार सिद्दीकी नेपाली फोटोपत्रकारहरुको सधै पे्ररणाको प्रतिक रहने बताइएको छ । ‘सिद्दीकीको  निधनले शोकमा रहेका परिवारजन प्रति सम्पूर्ण नेपाली फोटोपत्रकारहरुको तर्फबाट फोटो पत्रकार क्लब, नेपाल हर्दिक समबेदना ब्यक्त्त गर्दछ’विज्ञप्तीमा भनिएको छ  ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।