१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


फोटोपत्रकार गुरुपूर्णिमामा गुरु रिम्पोछसँग योग सिक्दै



राष्ट्रिय फोटोपत्रकार समूहद्धारा गुरुपूर्णिमाका अवसरमा आयोजित गरौं योग, रहौं निरोग मन र शरीरलाई शुद्ध गरौं भन्ने मुलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेद्धारा वौद्ध स्थित सिदार्थ होटल फोटोपत्रकारहरुलाई योग सिकाउदै । तस्वीर : प्रदीपराज वन्त\रासस

९ साउन ०७८, काठमाडौं । गुरुपूर्णिमाको अवसर पारेर फोटापत्रकारहरुले योग सिकेका छन् । आज आषाढ शुक्ल पूर्णिमाका दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरुपूर्णिमा पर्वमा राष्टिय फोटोपत्रकार महासंघले योग साधना कार्यक्रममा योग सिकेका हुन् ।
‘गरौँ योग, रहौँ निरोग ः मन र शरीरलाई शुद्ध गरौँ’ भन्ने मूलनाराका साथ बौद्ध गुरु रानाग टुल्कु रिन्छेन रिम्पोछेले बौद्धस्थित सिद्धार्थ होटलमा २० फोटो पत्रकारलाई एक घण्टाको योग अभ्यास सिकेको समूहका महासचिव प्रदीपराज वन्तले बताएका छन् ।
गुरु रिम्पोछेले पत्रकारलाई नसा, स्वासप्रश्वास तथा मुटुका लागि उपयुक्त हुने पाँच प्रकारका आसन सिकाएका थिए । ती आसनले कोरोनाबाट सुरक्षित राख्न मद्दत पुग्ने उनको भनाइ थियोे ।

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  ११ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।