१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यातायात व्यवसायीले सरकारलाई बुझाए सार्वजनिक गाडीको चाबी




१० साउन ०७८,काठमाडौँ । यातायात व्यवसायीले सार्वजनिक गाडीको चाबी सरकारलाई बुझाएका छन् । विभिन्न माग राख्दै आन्दोलनरत व्यवसायीले काठमाण्डौका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई साङ्केतिक रूपमा गाडीको चाबी बुझाएका हुन् ।

सार्वजनिक यातायात केन्द्रीय महासङ्घले गरेको प्रदर्शनपछि उनीहरूले सात बुँदे मागसहित चाबी बुझाएका हुन् । माग पूरा नगरे सार्वजनिक गाडी सञ्चालन गर्न नसकिने महासङ्घले चेतावनी दिएको छ ।

यातायात व्यवसायीले खोपको व्यवस्था र गाडी दुर्घटना भएमा ट्रमा सेन्टरमा उपचारको व्यवस्था मिलाउनुपर्ने, भाडा समायोजन गर्नुपर्ने, २० वर्ष पुराना गाडीलाई प्राविधिक जाँचको आधारमा थप १० वर्ष चलाउन दिनुपर्ने माग राखेका छन् । साथै लकडाउन तथा निषेधाज्ञाको समयलाई शून्य समय मान्दै मौद्रिक नीतिमार्फत यातायात व्यवसायीलाई थप कर्जा, पुनर्कर्जा, कर्जा पुनर्तालिकीकरणहित ब्याजदरमा कम्तीमा बेस रेट कायम गर्नुपर्ने, दुर्घटनाको गम्भीर उपचारमा २० लाख रुपैयाँसम्मको बीमा हुनुपर्ने, अवैज्ञानिक ट्राफिक नियम सुधार गर्नुपर्ने लगायतका माग राखेका छन् ।

 

प्रकाशित मिति : १० श्रावण २०७८, आइतबार  ३ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।