२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुनको भाउ सामान्य बढ्यो



११ साउन ०७८, काठमाडौँ । सोमबार सुनको भाउ सामान्य बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ। सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको लागि छापावाला सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ र तेजाबी सुनको लागि प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ।

आइतबार छापावाला सुन प्रतितोला ९२ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै, सोमबार चाँदीको भाउ स्थिर छ । यस दिन चाँदी अघिल्लो दिनकाृे भाउ अर्थात प्रतितोला १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रकाशित मिति : ११ श्रावण २०७८, सोमबार  १२ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।