१७ पुस २०८२, बिहिबार | Thu Jan 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


बिजुलीको महसुल घटाउनुपर्छ : मन्त्री भुसाल




१४ साउन ०७८, धनुषा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बिजुलीको महसुल घटाउनुपर्ने खाँचो बताएकी छिन् । नेकपा (माओवादी केन्द्र) धनुषा शाखाद्वारा आज विहीबार आयोजित सम्मान कार्यक्रममा उनले आफू २० युनिटसम्म बिजुली निःशुल्क दिने पक्षमा रहेको र यसबाट एक करोडभन्दा अधिक जनता लाभान्वित हुने बताए ।
अब बिजुली सस्तो बनाउने योजना ल्याउनुपर्नेमा जोड़ दिँदै मन्त्री भुसालले निःशुल्क वा न्यूनतम महसुल निर्धारण गरी गरिबले जनताले पनि बिजुली उपभोग गर्न पाउने वातावरण निर्माण गर्नु आवश्यक रहेको बताइन् । उनले आफ्नो दललाई दिगो बनाउन जनताको आवश्यकता र आकाङ्क्षालाई ध्यान दिनु आवश्यक रहेकामा जोड दिइन् । मन्त्री भुसालले कुनै पनि कार्यका लागि मन्त्रालय घाउने प्रवृत्तिलाई निरुत्साहित गरी प्रक्रियागत ढङ्गले कार्य सम्पादन र पद्धतिको विकासलाई आत्मसात् गर्नु जरूरी रहेको बताइन् ।

 

प्रकाशित मिति : १४ श्रावण २०७८, बिहिबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।