२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘पपजी, फ्रिफायर मात्रै होइन, टिकटकसमेत बन्द गर्नुपर्ने आवाज उठेको छ’



 

आशाकुमारी विक
सासंद, प्रतिनिधि सभा
कोरोना संक्रमणपछि लकडाउन भयो । सबै मानिस कोठाभित्र बस्नु पर्ने बाध्यता आयो । वालवालिकाहरु भौतिक रुपमा विद्यालय जान सकेनन् । सरकारले वालवालिकाहरुलाई अनलाइनबाट पढाउन अनलाइन कक्षा सञ्चालन गर्ने नीति ल्यायो ।
अनलाइन कक्षा पढ्ने क्रममा वालवालिकाहरुको हातमा ल्यापटप र मोवाइल आयो । आमावावुले वालवालिकालाई पैसा नभए पनि ऋण गरेर मोवाइल दिए । यसअघि उनीहरु अविभावकहरुको मोवाइल लिएर चलाउथे ।
पढ्ने बसेका यी वालवालिकाहरु मोवाइल, ल्यापटपमा फेसबुक,युट्युव,टिकटक चलाउदा र अनलाइन गेमहरु खेल्दा खेल्दै उनीहरुमा लत बस्यो । जाँड रक्सी चुरोट खाएजस्तै उनीहरुमा तल बसेको छ । उनीहरुलाई अहिले इन्टरनेटमा झुम्मिने तल बसेको छ । अहिले यो घर घरको समस्या बनेको छ । साथीभाईहरु भेट्दा, आफन्तसँग कुरा हुँदा वालवालिकाहरुको अनलाइन गेमको समस्या सुन्न सकिन्छ । आफूलाई जिम्मेवार ससंद सदस्य भएको नाताले मलाई पनि यो समस्या कसरी समाधान गर्ने होला भन्ने लागिरहन्थ्यो ।


लामो समय संसद चल्न सकेन । जव संसद चल्यो संसदमा बोल्ने पालो पहिले नै मेरो आयो । मसँग एमसिसि,भूमि आयोग, सरकारका र जिल्लामा समस्याहरु संसदमा उठाउनु पर्ने थियो । सुन्दा सामान्य लाग्ने तर सबैको घर घरको समस्या आनलाइन गेम बन्द गर्नुपर्ने आवाज मैले संसदमा उठाउने निर्णय गरे ।
अनलाइन गेम पपजि, फ्रिफायर बन्द गर्नु पर्छ भनेर मैले संसदमा बोलेपछि चारैतिर तरंग ल्यायो । मैले बोले लगत्तै अधिकाशंलाई छोएछ । सिन्धुपाल्चोक,अर्घाखाची,बुटवल,बझाङदेखि कतारसम्मबाट फोन आयो । मैले बोलेपछि धेरैले धन्यवाद दिएका छन् । पपजी, फ्रिफयर मात्रै होइन टिकटकसमेत बन्द गर्नुपर्ने आवाज उठेको छ ।
तर धेरै गेम खेल्ने बच्चाहरु गेम बन्द गर्नु हँुदैन भन्ने आवाज पनि उठाइ रहेका छन् । भ्रष्टाचार रोक, नेताहरु सुध्र, गेम रोक्ने होइन भन्ने आवाज सुनेको छु । मेरो नाममा ट्रोल बनाएर यसको विरोध भइरहेको छ । तर थोरैले विरोध गरेका छन्, धेरैले घरघरबाट धन्यवाद दिएका छन् । राम्रो काम गर्न विरोधले असर गर्दैन । म सत्यको पक्षमा बोलिरहेको छु ।
मैले संसदीय समितीमा पनि कुरा गरे । सबै जसोले अनलाइन गेम बन्द गर्नुपर्छ भन्ने आवाजको समर्थन गरेको पाए । जिल्लामा जाँदा पनि सबैले सही आवाज उठाएको भन्दै धन्यवाद दिएका छन् । मैले पार्टीमा कुरा गरेर संसदमा सार्वजनिक महत्वको विषयको रुपमा दर्ता गर्ने योजना बनाएकोे छु । यसलाई सरकारले नै विद्ययक बनाएर संसद लैजान पनि सक्छ । म लगत्तै सञ्चारसचिवसँगे भेट्दै छु । पार्टीका जिम्मेवार पदाधिकारीसँग कुरा गरेर समस्या समाधान गर्ने कोशिस गर्नेछु ।
अनलाइन गेम खुला हुँदा केही फाइदा त होला । ९५ प्रतिशत समाजलाई घाटा छ । धेरै देशले अनलाइन गेम बन्द गरेका छन् । ती देशमा विकाश भएकै छ ।
वालवालिकाहरुलाई मनोरञ्जन दिन अरु उपाय पनि छन् । उनीहरुलाई प्रकृतिसँग खेल्नु दिनुपर्छ । अनलाइन गेमको विकल्पमा नयाँ नयाँ ठाँउमा घुमाउन सकिन्छ । घर घरमा बसेर हान हान मारमार भनेर चिच्याउने गरेको देखिन्छ । खेल खेल्दा हारे वालवालिकाहरु विक्षिप्त हुने, एकोहोरो पना,एक्लै बस्ने,रिसाउने गरेका छन् । टिकटक बनाउने क्रममा लडेर मरेको समाचार पनि सुनिएका छन् । केही दिनअघि चावहिलमा युवकले आफ्नो वावुलाई मारेको घटना सार्वजनिक भएको छ ।
नबोल्न,े बोलेदेखि झर्कने, रिसाउने, एकोहोरोपना, रातभरि नसुती गेम खेल्ने,दिनभरि सुत्ने,एक्लै बस्ने,नपढ्ने, फरक फरक स्वभाव देखाउने र अनुशासनहीन हुने यस्ता गेम खेल्ने वालवालिकाहरुमा देखिएको छ । भोलि ठूलो संख्यामा मानसिक रोगीहरु देखिने अवस्था आएको छ ।
छोराछोरीहरुको त्यो स्वभाव देखेर धेरै आमा बुवाहरु मानसिक तनावमा छन् । बच्चाहरुलाई जागिर खाएर,ऋण काटेर,जग्गा बेचर शहरमा पठाएका छन् । यो अवस्थामा धेरै आमाहरु तनावमा छन् । कतिपयले फोन गरेर अनलाइन गेम बन्द गरिदिनुस् हामीले नारा जुलुस गर्नु परे हामी गर्छौ भन्छन् ।
यस्तै अवस्था रहे अस्पतालमा मानसिक डाक्टरको अभाव हुन्छ । दुर्गममा डाक्टर नहुँने ठाँउमा मानसिक रोगीको लस्कर लागे के होला । हामी अगाडि मात्रै नहेरौ, पछि पनि हेरौं ।
गाँउ घरमा त वच्चा बाहिर खेल्छ । शारिरीक रुपमा उ सवल छ । तर शहरको बच्चा कोठाबाट निस्किन पाउदैन । अझ आजकल कोरोनाले बच्चा बाहिर निस्कन पाएको हुँदैन । शारिरीकसँगै मानसिक रुपमा शहरका बालबालिकाहरु दुर्वल छन् ।
अहिलेका सानो सानो बोलि नफुटेका बच्चा मोवाइल नभई खाना खादैन । मोवाइल नभई घर बस्न मान्दैनन् । आमाको पछि लाग्छन् । अमेरिकालगायतका देशमा वाच्चालाई टेलिभिजनको अगाडि असर पर्छ भनेर राख्दैनन् । हाम्रो जस्तो सिटामोल पाइएन भनेर दुःख मान्नु पर्ने देशका नागरिकले पढ्नका लागि ऋण काटेर किनेको मोवाइलमा अनलाइन गेम खेलेर बच्चाहरु अधिकाशं मानसिक रोगी भए भने के गर्ने ?
सासंद विक बझाङबाट प्रतिनिधि सभामा प्रनिनिधित्व गर्छिन । उनी निर्वमान वनराज्य मन्त्री समेत हुन् ।

प्रकाशित मिति : २५ श्रावण २०७८, सोमबार  ११ : १९ बजे