२५ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मौद्रिक नीति सवा ४ बजे सार्वजनिक हुने



२९ साउन ०७८,काठमाडौँ । मौद्रिक नीति आज अपराह्न ४ः१५ मा सार्वजनिक हुने भएको छ। शुक्रबार बिहान बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समतिले मौद्रिक नीति पास गर्दै सवा ४ बजे सार्वजनिक गर्ने निर्णय गरेको हो।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको भेटमा मौद्रिक नीति र बजेट संशोधनमा छलफल भएको थियो। उक्त छलफलपछि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न ग्रिन सिग्नल दिएका थिए। नेपाल राष्ट्र बैंकले सञ्चालक समिति सदस्यहरुलाई शुक्रबारको बैठकको लागि बिहीबार पत्र पठाएको थियो।

प्रकाशित मिति : २९ श्रावण २०७८, शुक्रबार  ३ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।