८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


प्रधानमन्त्री देउवाले पूर्वकप्तान खड्कासँगको भेटमा नेपाली क्रिकेटले झन् ठूलो सपना देख्न प्रेरित गरेको प्रतिकृया



sf7df8f}F, #) ;fpg . k|wfgdGqL z]/axfb’/ b]pjf;Fu zlgaf/ k|wfgdGqL lgjf; lgjf; afn’jf6f/df g]kfnL /fli6«o lqms]6 l6dsf k”j{ sKtfg kf/; v8sfn] e]6 ub}{ . t:jL/ M /f]zg ;fksf]6f, /f;;

३१ साउन ०७८, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले शनिबार भेटवार्ता गरेका छन् ।
भेटमा प्रधानमन्त्री देउवाले दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक सफलता नेपालीले कहिल्यै नभुल्ने र ती रोमाञ्चक जित तथा मुलुकलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा उनलाई धन्यवाद दिएका थिए ।
खड्काले यही साउन १९ गते अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएको घोषणा गरेका थिए । नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्दै प्रधानमन्त्री देउवाले सरकारको साथ र सहयोग सधैँ रहने बताएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ श्रावण २०७८, आइतबार  ६ : २७ बजे