६ मंसिर २०८१, बिहिबार | Fri Nov 22 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


स्टारडम बुझेका चर्चित बडिउड कमिडियन स्टेज फर्कदै




३० साउन ०७८,एजेन्सी । कमेडियन कपिल शर्मा परिचित नाम बनिसकेका छन् । कमेडी नाइट विथ कपिलमार्फत टेलिभिजनमा शो होस्ट बनेर दर्शक माँझ प्रस्तुत भएका कपिलले छोटो समयमै दर्शकको मनमा राज गरे । तर, बढ्दो लोकप्रियतालाई ह्यान्डल गर्न नसक्दा उनि डिप्रेसनमा समेत पुगे । आफ्नै टिमका साथी सुनिल ग्रोभरसँग अस्ट्रेलियाबाट फर्किने क्रममा झगडा परेपछि उनको शो बन्द नै भयो ।
त्यसपछि कपिल झन्डै एक वर्ष हराए । दर्शकले एउटा राम्रो मनोरन्जनात्मक शो हेर्न पाएनन् । तर, जब उनी लाइफमा रिटर्न गर्न तयार भए, उनले टिभीमा समेत कमब्याक गरे । आफ्नो प्रेमिका गिन्नी चथरथसँग विवाहको तयारी गरेपछि उनले टिभीमा पनि कमब्याक गरे । सलमान खान प्रोडक्सनले निर्माण गरेको शो पुनः लोकप्रियताको सिढी चढ्यो । पछिल्लो समय दोस्रो सन्तान भएपछि शोबाट ब्रेक लिएका कपिल टिभीमा फर्किँदैछन् ।
कपिलको शो प्रसारण हुने समयमा इन्डियन आइडल प्रसारण भइरहेको छ । अगस्ट १५ मा यो शो फाइनल भएसँगै आउँदो साताबाट यस समयमा कपिल आउनेछन् । उकालो ओरालोको अनुभव गरिसकेका कपिलले हालै एक अन्तर्वार्ताको क्रममा स्टारडम विस्तारै बुझ्दै गएको प्रतिक्रिया दिएका छन् । ‘मैले स्टार बन्ने र स्टारडम फुस्किने अनुभव गरिसकेको छु’ कपिलले भने । बितेको पलको अनुभवले उनलाई जिन्दगीमा अगाडि बढ्ने हौसला मिलेको बताउँछन् । ‘मैले लाइफबाट केहीँ सिकेको छु, अब त जिम्मेवार छु’ उनले भने । न्युज कारखानाबाट

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  १० : १२ बजे