८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


इपीएलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा




४ भदौ ०७८,काठमाडौं । चौथो संस्करणको बजाज पल्सर एभरेस्ट प्रीमियर लिग (इपीएल) को प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजन एचडीले गर्ने भएको छ । शुक्रवार जोहोरा स्पोर्ट्स म्यानेजमेन्टले काठमाडौं सोल्टी होटेलमा पत्रकार सम्मेलन गर्दै खेलको प्रत्यक्ष प्रसारण हिमालय टेलिभिजनमा हुने जनाएको हो ।
टेलिभिजनको अधिकार हिमालय टेलिभिजनलाई रहेको छ भने डिजिटल प्रसारण अधिकार ओएसआर स्पोर्ट्सले गर्नेछ । कार्यक्रममा एड्प्याटका म्यानेजिङ डाइरेक्टर सुरज गिरि र ईपिएलका सिईयो आमिर अख्तरबिच सम्झौता आदान प्रदान भयो ।
कार्यक्रममा बोल्दै हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम खरेलले आम दर्शकमाझ स्पोर्ट्स घर घर पु¥याउने भन्दै यस अवसरका लागि आयोजकलाई धन्यवाद दिए ।
इपिएलका सिइयो आमिर अख्तरले दुबै ब्रोडकाष्टर पाएकोमा खुसी हुँदै इपिएललाई अन्तर्राष्ट्रिय जगतमा पु¥याउन सफल भएको बताए । ‘धेरै खुसी छु । ब्रोडकाष्ट र डिजिटल राइट हामीले पाएका छौं । यसको लागि एड्प्याडलाई धन्यवाद । इपिएल अन्तर्राष्ट्रिय जगतमा देखाउन लायक खेल रहेको र त्यसमा सफल भएका छौँ,’ अख्तरले भने ।
प्रतियोगिता असोज ९ बाट २३ गतेसम्म काठमाडौंमा हुनेछ । जसमा ६ फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । विराटनगर वारियर्स, काठमाडौं किङ्स इलाभेन, चितवन ट्राइगर्स, भैरहवा ग्लाडिएटर्स, ललितपुर प्याट्रीओटस, पोखरा राइनोज खेल्नेछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७८, शुक्रबार  ७ : ४२ बजे