२५ मंसिर २०८२, बुधबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


कुमारीपाटी महालक्ष्मी विकास बैंकमा धितोमा राखेको २५ तोला सुन पाँच वर्षपछि नक्कली भएपछि …!



-ललितपुर खबर-
१४ भदौं ०७८, ललितपुर । मान्छेले आफुले दुःख गरेर कमाएको रकमबाट सुनचाँदी खरिद गर्दछन् । त्यो आफुलाई नगद आवश्यक गर्दा कसैले बेचविखन त कहिले बैंकमा धितोमा राखेर रकम निकाल्ने गर्दछन् । धितोमा बैंकमा राखेको सुन पाँच वर्षपछि नक्कली हुँदा कसलाई दुःख लाग्दैन र ?
ललितपुरको कुमारीपाटीमा त्यस्तै एउटा घटना घटेको छ । ललितपुर कुमारीपाटीमा शाखा कार्यालय रहेको महालक्ष्मी विकास बैंकमा एक ऋणीले ऋण चुक्ता गरेर धितो राखेको सुन फिर्ता माग्दा नक्कली भन्दै बैंकले फिर्ता पठाएको छ ।
ललितपुर महानगरपालिका वडा नम्बर ११ चाकुपाटकी विष्णु महर्जनले ६ वर्षअघि २०७२ फागुनमा कुमारीपाटीको महालक्ष्मी विकास बैंकबाट ऋण लिएकी थिइन् ।
सुन राखेर उनले १४ लाख बढी रुपैयाँ ऋण लिएकी थिइन् । उनले बैंकलाई २५ तोला सुन धितो बुझाएकी थिइन् ।
सुन धितो लिँदा बैंकले जाँचेरै लिएको थियो । तर लिने बेलामा भने बैंकले सुन नक्कली रहेको बताएको छ ।
बैंकले महर्जनलाई गत असार ३ गते बोलाएको थियो ।
उनले ऋण चुक्ता गर्न बैंकसँग केही समय मागिन् । तर मौखिक निवेदन नहुने भन्दै बैंकले लिखित निवेदन मागेको थियो ।
बैंकले लिखित कागजी रूपमा १५ दिनभन्दा बढी समय दिन नमिल्ने बताए पनि महर्जनलाई भदौ १० गते सम्मको समय दिएको थियो । भदौ १० गतेभित्र जसरी पनि तिर्नु पर्ने हुँदा उनले आफन्त तथा साथीहरूसँग सहयोग मागिन् ।
उनी बैंकमा पुगिन् । त्यसदिन उनले बैंकका म्यानेजर सुनिलकुमार नेपाललाई भेटेकी थिइन् ।
ऋण विभागको प्रमुख पनि त्यहाँ आइपुगे । उनले बैंकमा आठ लाख ३९ हजार रुपैयाँ चुक्ता गरिन् । १५ हजार नगद केही समय अघि नै तिरिसकेकी थिइन् । सुरूमा सामान जाँचेर लिएको बैंकले पछि फिर्ता लिन जाँदा भने नहेर्न भनेको उनको भनाइ छ ।
त्यसो भनेपछि विष्णु र उनका दाइले सुन देखाउन जिद्दी गरेका थिए । म्यानेजरले आनाकानी गरेका थिए ।
केही नलागेपछि विष्णुका दाइले चिनजानको संगठनका केही मानिसहरूलाई बोलाए ।
सुन नक्कली भएको कुरा बाहिरिएपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए । सोही रात नै जना महानगरीय प्रहरी परिसर जावलाखेल पुगे । बैंकका सिइओ बोधराज देवकोटासहित सबैजना राति साढे ११ बजेसम्म छलफलमा बसेका थिए ।
सिइओ देवकोटाले भने शाखामा के भएको हो भन्नेबारे बुझ्न दुई दिनको समय मागेका थिए ।
सुन दिन नसकेमा त्यस बराबरको पैसा दिने भन्दै कागजसमेत गरिएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ‘सुन फिर्ता गर्छौँ’ भनेर हस्ताक्षर गरेका छन् । ‘सुन फिर्ता गर्छौँ’ भनेर प्रहरीकहाँ भनेपनि आफूलाई बैंकले अझै सुन नदिएको महर्जनले बताएकी छिन् । परिसरका प्रहरी नायब उपरीक्षक दीपक भारतीले पनि यसमा अनुसन्धान भइरहेको बताएका छन् ।

प्रकाशित मिति : १४ भाद्र २०७८, सोमबार  ९ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।