१५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जनावरबाट मकै जोगाउन रातभर जाग्राम



१५ भदौ ०७८,जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिकामा वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि किसान हैरान छन् । वन्यजन्तुबाट अन्नबाली जोगाउन यहाँका किसान खेतबारीमै रातभर जाग्राम बस्ने गरेका छन् ।
‘कति बेला बाँदर, स्याल आउँछ, सबै मकै खाएर जान्छ अत्तोपत्तो नै हुँदैन,’ बारेकोट गाउँपालिकाका रतनबहादुर नेपालीले भने, ‘राति पनि सत्न पाइँदैन, खेतमै जाग्राम बस्नुपर्छ ।’ मकैबाली जोगाउन टर्चको भरमा रातभर बस्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।
ध्यारगाउँका विष्णु गिरीले तीन रोपनी खेतमा मकै लगाएका छन् । ‘वन्यजन्तुबाट मकै जोगाउन सकिएन भने त पछि के खाने भन्ने चिन्ता हुन्छ,’ उनले भने । बाँदर, स्याल, दुम्सी, भालु लगायतका वन्यजन्तुले मकै खाने गरेको किसानले बताएका छन् ।
मकैबाली यहाँको मुख्य बाली हो । मकैले पनि वर्षभरको खाद्यान्न जोहो नहुने भएपछि आयातित अन्नमा जीवन चलाउनुपर्ने बाध्यता छ ।

प्रकाशित मिति : १५ भाद्र २०७८, मंगलबार  ९ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।