१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


भूमि आयोगले कालिकोटमा बाँड्यो लालपूर्जा




१६ भदौ ०७८,कालिकोट । भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ । लामो समयदेखि भोगचलन गर्दै आएको जमिनलाई नाममा गरेर ३३ जनालाई रातोपूर्जा दिइएको हो ।
२०५४ सालमा नापजाँच भएर पूर्जा नपाएका ३३ जनालाई पूर्जा वितरण गरेको आयोगका विषय विज्ञ सचिव रमेश नेपालीले जानकारी दिए ।
पूर्जा पाउनेमा खाँडाचक्र नगरपालिकाका ११ जना, पलाँता गाउँपालिकाका १५ जना र नरहरीनाथ साविकको मालकोटका ७ जना रहेका छन् ।
विगतको आयोगबाट नापजाँच गरिसकेर पूर्जा मात्र पाउन बाँकी रहेकाहरुको अधुरो काम पुरा गरेको आयोगका अध्यक्ष धिरबहादुर बमले बताए ।
जिल्लामा रहेका सुकम्बासीको हकमा भने काम सुरु भएको छैन । उनीहरुलाई पनि आफ्नो कार्यकालमा लालपूर्जा बाँड्ने अध्यक्ष बमले बताए । सरकारले नहटाएमा सुकम्बासीको पनि समस्या समाधान गर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  १० : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।