१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


राउटे बस्ती पुगे राष्टियसभा अध्यक्ष तिमिल्सिना



 


१६ भदौ ०७८,सुर्खेत । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सुर्खेतको काल्चे पुगेर लोपोन्मुख राउटे समुदायसँग भेट गरी उनीहरुको अवस्थाबारे जानकारी लिएका छन् ।
कार्यक्रमको सिलसिलामा सुर्खेत आएका अध्यक्ष तिमिल्सिनाले सुर्खेत र सल्यानको सिमानामा पर्ने गुर्वाकोट नगरपालिकाको काल्चेमा मंगलबार पुगेर राउटे समुदायको अवस्था र समस्याबारे जानकारी दिएका हुन् ।

घुमन्ते राउटे बस्तीमा पुगेर अध्यक्ष तिमिल्सिनाले समुदायको संस्कृति र परम्पराको संरक्षण गर्दै बासस्थान, स्वास्थ्य, शिक्षा र आत्मनिर्भर बनाउनेतर्फ जोड दिनुपर्ने बताए ।

’सरकारले दिएको राहत वा विभिन्न तरिकाले आउने आर्थिक सहयोगले मात्रै यो समुदायको उन्नति हुँदैन,’ उनले राउटे समुदायका मुखियासहितको टोलीसँग भने, ‘राज्यले स्थायी बसोबासको व्यवस्था गर्दा एकठाउँमा बस्ने, सरसफाइ तथा स्वास्थ्यमा ध्यान दिनुपर्छ ।’

राउटे समुदायलाई राज्यबाट आउने सहयोग पर्याप्त भएपनि त्यसको उचित प्रयोग र व्यवस्थापन नभएसम्म उनीहरुको अवस्थामा सुधार नहुने उनले बताए ।

कर्णाली प्रदेश सभाका सभामुख राजबहादुर शाहीसहितको टोलीसँग त्यहाँ पुगेका अध्यक्ष तिमिल्सिनाले राउटे समुदाय व्यवस्थित बस्ती बनाएर एकै ठाउँ बस्न तयार भए सरकारसमक्ष आफूले पहल गर्ने बताए ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार  ११ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।