
१६ भदौ ०७८,काठमाडौं । काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकले जारी निषेधाज्ञाको अवधि थप गर्ने र उपत्यकाका विद्यालयहरु कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । जारी निषेधाज्ञा अवधि आज राति १२ बजेबाट जा सकिन लागेको बेला प्रजिअहरुको बैठकले जारी निषेधाज्ञाका केही प्रावधानहरुलाई परिमार्जन गर्दै समय थप गर्न सक्ने जनाइएको छ । उपत्यकाका केहि स्थानीय तहहरुले विद्यालय भौतिक रुपमै खोल्न लागेसँगै विद्यालयहरु भौतिक रूपमै खोल्न दिने या नदिने भन्ने विषयमा बैठकले निर्णय गर्ने प्रमुख जिल्ला अधिकारी पराजुलीले बताए ।







प्रतिक्रिया