६ भदौ, ०७८,काठमाडौं । दक्षिण ललितपुर कालेश्वरकी मोडल तथा कलाकार निशा घिमिरेको आज बुधबार नर्भिक अस्पतालमा मृत्यु भएको छ । नर्भिक अस्पतालका अनुसार उनको उपचारका क्रममा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको हो । उनको मृत्यु भएको अस्पतालले विज्ञप्तिमार्फत जनकारी दिएको हो ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ती मार्फत भनेका छन् ।
लामो समयदेखि उपचाररत घिमिरेको अवस्थामा खासै सुधार आएको थिएन । अस्पताल भर्ना भएको केही समयसम्म उनको अवस्था सुधार आएको र पछि फेरि अवस्था नाजुक बन्दै गएको परिवारश्रोतले ललितपुर खबरलाई बताएका छन् ।
अभियन सिक्न भारत गएकी घिमिरेको सवारी दुर्घटनामा गम्भिर घाइते भएपछि नेपाल फर्काइएको थियो ।
परिवारले लामो समयसम्म उपचारगरेर आजित भएपछि उनलाई ललितपुरको भैसेपाटीमा राखिएको थियो । उनको अवस्थाबारे अनलाइन मिडियाहरुमा समाचार देखेपछि नर्भिक अस्पतालकी मेघा चौधरीले घरबाट उद्दार गरि अस्पताल लगेर उपचार सुरु गरेकी थिइन् । उनको उपचारको जिम्मा अस्पतालले लिएको थियो ।
परिवार श्रोतले जानकारी दिए अनुसार उनको अवस्थामा सुधार नआएपछि थेरापी गर्ने तयारी थियो ।
उनलाई पछिल्लो समउ खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको बताइएको छ ।
१६ भाद्र २०७८, बुधबार
0
Shares
प्रतिक्रिया