५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


दशरथ रंगशालामा नेपाल–भारत फुटबल, ५१ सयले दर्शक हेर्न पाउने



फाइल तस्विर

१६ भदौ ०७८,काठमाडौं । नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलमा दर्शकले रंगशाला पुगेर खेल हेर्न पाउने भएका छन् ।
बुधबार सरकारले दर्शक रंगशाला प्रवेशलाई स्वीकृत दिएको हो । सरकारको सो निर्णयसँगै अखिल नेपाल फुटबल संघ (एन्फा) ले शर्शक प्रवेशको तयारी थालेको छ।
एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाका अनुसार ५१ सय दर्शक मैदान प्रवेश पाउनेछन् । पूर्ण खोप लगाएका दर्शक मात्र रंगशालामा छिर्न पाउने छन् । यस्तै, पिसिआर रिपोर्ट भएका दर्शकलाई रंगशाला छिर्न दिने एन्फाले बताएको छ ।
टिकट दर भने अहिलेसम्म तय भएको छैन । एन्फाले बैठकर राखे टिकट दर तय गर्ने बताएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७८, बिहिबार  ६ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।