ललितपुर खबर
१७ साउन ०७८, ललितपुर । दक्षिण ललितपुरमा जन्मेर नेपाली मोडलिङमा सफल मोडल तथा कलाकारको बुधबार विहान निधन भएको छ ।
उनको पार्थिव शरिर आज पशुपति आर्यद्दाटमा अन्त्येष्टि गरिदैछ । पारिवारिक श्रोतका अनुसार घिमिरेको आज विहान ८ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिदैछ ।
बुधबार साँझ उनको मृत्यस भएको नर्भिक अस्पतालले विज्ञप्ती मार्फत दिएको थियो ।
‘अस्पतालको सीसीयूमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा हामी अत्यन्त दुःखी भएका छौं’ नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले विज्ञप्ती मार्फत भनेका थिए।
लामो समयदेखि उपचाररत घिमिरेको अवस्थामा खासै सुधार आएको थिएन । अस्पताल भर्ना भएको केही समयसम्म उनको अवस्था सुधार आएको र पछि फेरि अवस्था नाजुक बन्दै गएको परिवार श्रोतले ललितपुर खबरलाई बताए ।
अभियन सिक्न भारत गएकी घिमिरेको सवारी दुर्घटनामा गम्भिर घाइते भएपछि नेपाल फर्काइएको थियो ।
परिवारले लामो समयसम्म उपचारगरेर आजित भएपछि उनलाई ललितपुरको भैसेपाटीमा राखिएको थियो । उनको अवस्थाबारे अनलाइन मिडियाहरुमा समाचार देखेपछि नर्भिक अस्पतालकी मेघा चौधरीले घरबाट उद्दार गरि अस्पताल लगेर उपचार सुरु गरेकी थिइन् । उनको उपचारको जिम्मा अस्पतालले लिएको थियो ।
परिवार श्रोतले जानकारी दिए अनुसार उनको अवस्थामा सुधार नआएपछि थेरापी गर्ने तयारी थियो ।
उनलाई पछिल्लो समउ खाना पनि पाइपबाट खुवाउने गरिएको थियो भने उनका शरीरमा रहेका घाउहरु समेत लामो समयसम्म पुरिन सकेका थिएनन् ।
गम्भीर अवस्थामै रहेकी घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था गम्भीर बन्न पुगेको बताइएको छ ।
प्रतिक्रिया