९ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


पुजा गर्ने विषयमा विवादपछि झडप, घाइतेको हेलिकप्टरबाट उद्दार



फाइल तस्विर

२० भदौ ०७८,जाजरकोट । डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समुहबीच झडप हुँदा एक महिलासहित चार जना घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अबस्था गम्भीर छ ।
झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए ।
टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाइ फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।
घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् ।
घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । न्युज कारखाना

प्रकाशित मिति : २० भाद्र २०७८, आइतबार  ३ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।