
२१ भदौ ०७८, संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१, खोलागाउँका एकै परिवारका ६ जनाको विभत्स हत्या भएको छ। मादी–१ का स्थानीय तेजबहादुर कार्कीको परिवारका सदस्यको हत्या भएको हो । अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मंगलबार बिहान छिमेकीले सबैलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
धारिलो हतियार प्रहारबाट स्थानीय तेजबहादुर कार्की, पार्वता कार्की, मनमाया कार्की, रञ्जना कार्की, दीपक कार्की र गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् । घटनाको प्रहरीले अनुसन्धान थालेको छ । घटना स्थललाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।







प्रतिक्रिया