१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौंमा गृहमन्त्री खाँणको जलाएको पुतला (तस्विर)




२१ भदौं ०७८, काठमाडौं । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले सोमबार गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएको छ । नयाँ बानेश्वरस्थित मीनभवन क्याम्पस अगाडि अनेरास्ववियूले गृहमन्त्रीख खाँणको पुतला जलाएको होे ।
गृहमन्त्री खाँणको पुतला जलाउनुका अनेरास्ववियुले गृहमन्त्रालयले कुनै पनि मित्रराष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि गर्न नपाइने भन्दै जारी गरेको विज्ञप्ति पनि जलाएको छ ।


यही १८ भदौमा भारतीय हस्तक्षेपविरुद्ध आरआर क्याम्पस अगाडि विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाएपछि गृहमन्त्रायले छिमेकी मित्र राष्ट्रका प्रधानमन्त्रीविरुद्ध गतिविधि नगर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको थियो ।
सोही विज्ञप्तिको विरोध गर्दै आज दिउँसो गृहमन्त्री खाँणको पुतला र विज्ञप्ति जलाइएको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ७ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।