५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नारायणहिटी दरबार सङग्रहालयमा उपहारको बग्गी प्रदर्शनीमा




२२ भदौं ०७८, काठमाडौँ। बेलायतकी महारानी एलिजाबेथ द्वितीयाले तत्कालीन राजा महेन्द्र शाहलाई उपहार दिएको सुवर्ण बग्गी सर्वसाधारणका लागि प्रदर्शनीमा राखिएको छ । नारायणहिटी दरबार सङग्रहालयका कार्यकारी निर्देशक भेषनारायण दाहालले पूर्वराजाहरूले प्रयोग गर्नुभएका सामग्री प्रदर्शनीमा थप्दै जाने नीतिअनुरूप सुवर्ण बग्गीलाई सार्वजनिक गरिएको बताए ।

बेलायतकी महारानी एलिजाबेथ द्वितीया पहिलो पटक २०१६ साल फागुनमा नेपाल भ्रमण आउनुभएका बखत उपहारका रूपमा यो बग्गी प्रदान गरेकी थिइन् ।
यस्तो बग्गी संसारमा दुईवटा मात्र रहेको दाबी गरिएको छ । एउटा बग्गी अझै पनि बेलायती महारानीले प्रयोग गर्दै आएकी छन् र सो बकिङघम दरबारमा छ । त्यो बग्गीमा बत्ती जडान भएकाले राति पनि प्रयोग गर्न सकिन्छ तर उपहार प्राप्त बग्गीमा बत्तीको व्यवस्था छैन । बग्गी निर्माता कम्पनी अफोर्ड एन्ड सन्स लिमिटेड लन्डन भनी बग्गीको पछिल्तिर लेखिएको छ । सो कम्पनी सन १७९१ मा स्थापना भएको हो र यसले बेलायती दरबारका लागि विभिन्नखाले बग्गी तयार गरेको थियो ।

प्रकाशित मिति : २२ भाद्र २०७८, मंगलबार  ३ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।