५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


कस्तो छ आजको मौसम ?




२४ भदौ ०७८, काठमाडौं । नेपालमा न्यून चापीय प्रणाली र मनसुनको प्रभाव रहेको छ । जसका कारण बिहीबार बिहान प्रदेश १, २ र सुदूरपश्चिमका थोरै स्थानमा हल्का वर्षा भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्यून चापीय प्रणालीको प्रभाव छ भने मनसुन न्यून चापीय रेखा औसत स्थान नजिक छ ।
दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ८ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।