५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बंगलादेशबिरुद्ध नेपाली खेलाडी प्रितीको डेब्यु गोल, नेपाल २–० ले अगाडि




रमेश सुबेदी
२४ भदौ ०७८, काठमाडौं । युवा खेलाडी प्रिती राईले राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गोल गरेकी छिन् । त्रिपुरेस्वर स्थित दशरथ रंगशालामा बंगलादेशबिरुद्ध जारी पहिलो खेलको २४ मिनेटमा १६ वर्षकी युवा खेलाडी प्रिती राईले डेब्यु गोल गरेकी हुन् ।
नेपालको लागि प्रितीले खेलको २४ मिनेटमा दोस्रो गोल गरेकी हुन् । उनले मिडफिल्डर शरु लिम्बुको पास सदुपयोग गर्दै डिबक्स एसिया नजिकैबाट सुन्दर गोल गरिन् ।
नेपाल यू–१५ टोलीको कप्तान समेत रहेकी प्रितीले डेब्यु खेलमै राष्ट्रका लागि गोल गरेकी हुन् ।
यस अघि सविता राना मगरले नेपाललाई अग्रता दिलाएकी थिइन् । सविताले खेलको १४ मिनेटमा नेपाललाई अग्रता दिलाइन् । सविताले राइट विंकर बिमला चौधरीको पासमा हेडिङ गोल गरेकी हुन् । बंगलादेश गोलरक्षक रुप्ना चक्मा अगाडि बढेको फाइदा उठाउदै सविताले राष्ट्रिय महिला फुटबल टोलीबाट पहिलो खेलमा पहिलो गोल गरेकी हुन् । न्युज कारखाना

 

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ६ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।