९ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं टोखाका जिरेलले केटी साथीको अश्लिल फोटो, भिडियो सामाजिक सञ्जालमा राखेपछि पक्राउ



२८ भदौ ०७८,काठमाडौं । सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राममा आफ्नै केटी साथीको अश्लिल फोटो, भिडियो
राखेर चरित्र हत्या गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका ८ का काठमाडौं टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहेको समयमा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू प्रेमिकासँग विवाद परेपश्चात मोबाइल समेत खोसेर अश्लिल फोटो, भिडियो पोष्ट गरी चरित्र हत्या गरेका जिरेल काभ्रे पाँचखालमा लुकिछिपी बसेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँग समन्वय गरी पाँचखालबाट पक्राउ गरेको हो ।
उनलाई विद्युतीय कारोवार ऐन कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको  महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ७ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।