१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


नवलपरासी दुर्घटनाः ज्यान गुमाउनेको पहिचान खुल्यो




२९ भदौ ०७८,नवलपुर । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा दुर्घटना हुँदा ज्यान गुमाएका तीनै जनाको पहिचान खुलेको छ ।
ज्यान गुमाउनेमा बर्दियाको बाँसगढी नगरपालिका–८ का ७० वर्षीया माया सुवेदी तथा कञ्चनपुरका ४० वर्षीया रङ्गी तिरुवा र ३५ वर्षीय कृष्ण राना रहेका छन् । प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीका अनुसार सुवेदीको भरतपुर अस्पतालमा तथा तिरुवा र रानाको नयाँ चितवन मेडिकल कजेजमा उपचारका क्रममा मृत्यु भएको हो ।

काँकडभिट्टाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सुप–०२–००१ख ११२३ नं को बस र पूर्वतर्फ जाँदै गरेको ना६ख ७१२६ नं को ट्रक आज एकापसमा ठोक्किएका थिए । उक्त दुर्घटनामा बस र ट्रकका चालकसहित २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवनका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  २ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।