१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


टिकटक बनाउँदा सेती नदीमा खसेर एक युवती बेपत्ता




२९ भदौ ०७८,तनहुँ । तनहुँमा टिकटक बनाउने क्रममा सेती नदीमा खसेर एक युवती बेपत्ता भएकी छन् । मंगलबार दिउँसो शुक्लागण्डकी नगरपालिका– ८ लालिमकी पवित्रा लम्साल बेपत्ता भएकी हुन् ।
सोही वडाको सेतीको किनारमा रहेको रक गार्डेनमा टिकटक बनाउँदा उनी नदीमा खसेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताए । उनीसहित दुई जना साथी पनि थिए ।
लम्साल नदीमा खसेपछि प्रहरीलाई दिउँसो २ बजे खबर भएको थियो । नदीतर्फ जादै गर्दा लम्साललाई उनका साथीले चिच्याउँदै ‘नजा भनेको के’ भनेको सार्वजनिक एक भिडियोमा सुनिन्छ । बेपत्ता उनको प्रहरीले खोजी रहेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । न्युज कारखाना

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ९ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।