१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


काठमाडौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते



२ असोज ०७८,कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन्। रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।
बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायव निरीक्षक हरी जिसीले जानकारी दिए। दुर्घटनामा सामान्य घाइते भएको १३ जनाको स्थानीय सञ्जीवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ। मध्यम घाइते भएका ५ जनालाई थप उपचारका लागि बुटवल लगिएको छ।
तीव्र गतिका कारण अनियन्त्रित भई बस दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनापछि बस चालक फरार रहेको प्रहरीले जनाएको छ। न्युज कारखाना

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ११ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।