
वसन्तपुरस्थित कुमारी घरबाट कुमारीलाई बाहिर विरलै बाहिर निकालिन्छ । विशेष पूजा जात्रा पर्वको वेला बाहिर निकालिने कुमारी कुमारी घरमा दर्शन गर्न आउने दर्शकलाई हेर्नु बाहेक कुमारी आम मानिसको बीच पुगेकी हुन्नन् ।
मूर्तिजस्तै मौन अवतारमा रहने कुमारीको फरक तस्विर खिच्न वसन्तपुरमा दर्जनौं फोटोपत्रकार र फोटोग्राफरको ताँती थियो ।
कुमारीले हात हल्लाइरहेको यो रोचक दृश्य राष्ट्रिय समाचार समितीका फोटोपत्रकार रोशन सापकोटाले आफ्नो क्यामेरामा कैद गरेका हुन् ।







प्रतिक्रिया