१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


शंखुवासभा सामुहिक हत्या : ४ जनाको योजनामा चक्कु पनि प्रहार




४ असोज ०७८,संखुवासभा । शंखुवासभामा ६ जनाको बर्बर हत्याको अघिल्लो रात लोक बहादुरको घरमा बसेर बनाएको तथ्य फेला परेको छ । प्रहरीका अनुसार अघिल्लो राति लोकबहादुरको घरमा खड्गबहादुर सहित हस्तबहादुर, लोकबहादुर र १७ वर्षीय किशोर बसेर बनाएको, हत्यापछि अनुकूल मिलेमा मृतकको घरमा रहको धनमाल समेत लाने योजना रहेको खुलेको हो । उनीहरुको घटनाको दिन खेताला निश्चित गरी फर्किएका तेजबहादुरलाई चिर्पट र अलैचि काट्ने चक्कु प्रहार गरी लोकबहादुर, १७ वर्षीय किशोर, खड्कबहादुर र हस्तबहादुर मिलेर हत्या गरेको, तेजकुमार हार गुहार सुनी आएका उनकी श्रीमती र बुहारीलाई लोकबहादुर, खड्कबहादुर र हस्तबहादुर मिली हत्या गरेको, रणबहादुर र १७ वर्षीय किशोरले बुहारीको लास सासुको लास भएको ठाउँमा पु¥याउन सहयोग गरेको, बालक र बालिकालाई हस्तबहादुर र लोकबहादुरले मुख थुनि चिर्पटले हिर्काई घाटी बटारी हत्या गरेको, पार्वतीलाई टाउको भित्तामा ठोकाई घाटी बटारी हत्या गरेको तथा घटनामा प्रयोग भएको चिर्पट अगेनामा डढाएको, छुरी रगत पखाली बुईगलमा लुकाएको, रगत लागेको कपडाहरू लुकाएको, रञ्जनाको मोबाईल घरमुनिको ओडारमा लुकाएको र घटनाबारे प्रहरीले पत्ता लगाए लोकबहादुरले मानसिक औषधी खाने कारण जिम्मा लिने भन्ने सल्लाह गरेको अनुसन्धानबाट खुल्न आएकोप्रहरीले बताएको छ ।
खड्कबहादुरलाई तेजबहादुरले जड्याहा भनि गालि गर्ने, लोकबहादुरलाई पागल अल्छी र केही काम गर्न नसक्ने भनि गाली गर्ने, रणबहादुरलाई लठेब्रो भन्ने र १७ वर्षीय किशोरलाई डुडे काम नलाग्ने भईस् भन्दै जहिले पनि हेप्ने र आफू सम्पन्न भएको फुर्ति दिने गरेको कारण उनीहरूले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ ।
मादी नगरपालिका १ उम्लिङ खोला गाउँमा एकै घरका ६ जनाको हत्या गरेको अभियोगमा थप ४ जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने घटनाका मुख्य योजनाकार ४७ वर्षीय खड्ग बहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्त बहादुर कार्की, सोही ठाउँ बस्ने ४९ वर्षीय रण बहादुर कार्की र १७ वर्षीय किशोर रहेका छन् । साथै सोही घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने २५ वर्षीय लोक बहादुर कार्कीलाई प्रहरीले यस अघिनै पक्राउ गरी भदौ २७ गते पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको थियो ।
सोही ठाउँ बस्ने ५५ वर्षीय तेज कुमार कार्की, उनकी आमा ८४ वर्षीया पार्वता भन्ने पार्वती कार्की, श्रीमती ५४ वर्षीया कमला भन्ने मनमाया कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय बपिन भन्ने दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको भदौ २१ गते बिहान चिर्पट तथा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा शव फेला परेको
थियो ।
घटनाको अनुसन्धानको लागि नेपाल प्रहरी प्रदेश कार्यालय धरान अपराध अनुसन्धान शाखाका प्रहरी उपरीक्षक भिम बहादुर दाहालको कमाण्डमा जिल्ला प्रहरी कार्यालय संखुवासभा समेतबाट खटिएको संयुक्त अनुसन्धान समूह निरन्तर रुपमा थप अनुसन्धानमा जुटेकोमा थप तथ्य र घटनाको मूख्य योजनाकार समेत थप ४ जनालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ८ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।