
५ असोज ०७८, सल्यान । राउटे बालक सल्यानको बनगाड कुपिन्डे नगरपालिका घाटगाउँस्थित बस्तीमा काठको मुधुस तयार गर्दै छन् ।
काठबाट कोशी, मुधुस लगायतका सामानहरु निर्माण गरी खाद्यान्नसँग साटेर जीविकोपार्जन गर्नु राउटे समुदायको पुर्ख्यौली पेशा हो ।
नेपालीहरुले आधुनिक जीवनशैली अपनारउने र अन्य भाँडाकुडाहरु सस्तो र राम्रो पाउन थालेपछि पछिल्ला वर्ष आफ्ना उत्पादनहरु बिक्न छाडेपछि राउटेहरु चिन्तित छन् ।
यो तस्बिर राससका सल्यानका पत्रकार प्रकाश अधिकारीले खिचेका हुन् ।







प्रतिक्रिया