९ असोज ०७८, काठमाडौं । शनिबार साझ माईतीघर मण्डलामा १८ बर्षीय कलाकार नुभिव उप्रेतीको सम्झनामा दिप प्रज्वलन गरीएको छ ।
गतबैशाख ४ गते नुभिवको शब बिहान ६ः४५ मा पोखरा स्थित ताल वाराही मन्दिर अगाडी तैरिरहेको अवस्थामा फेला परेको थियो ।
मृतककी आमा भिमा मैनाली उप्रेतीले उनी घर नआएपछि जावालाखेल प्रहरी मार्फत हुलिया टिपाई उनी हराएको जानकारी गराएका थिइन् ।
निकै ठूलो सम्भावना बोकेका उनी बिभिन्न टेलिचलचित्रमा बाल कलाकारका रुपमा समेत अब्बल भुमिका निर्वाह गरेका तथा गायन,लेखन र बाद्यबाधनमा निकै राम्रो दख्खल भएका नुभिव बिभिन्न सामाजिक कार्यमा समेत सक्रिय थिए ।
उनी भुकम्पका समयमा समेत युवाहरुका लागि सचेतना मुलक काममा सक्रिय थिए । उनले कोरोनाको माहामारीमा पनि आफू युवाहरुका लागि सहयोग दिदै आएका थिए ।
रेडीयो, टेलिकाष्ट र गीत संगितबाट आवाज दिने तथा योग ध्यानका कक्षा संचालन गर्दै आएका उनले आरम्भ नेपाल तथा युवा जस्ता सामाजिक संस्था मार्फत आफूजस्ता युवालाई सचेत गराउन सक्रिय थिए । सानो उमेरमा समाजिकीकरण भै सकेका सक्रिय एक युवक रहस्यमय तरिकाले शंकास्पद हत्या हुनुले समाजमा मानवता आधाष भएको छ ।
प्रहरीले अत्महत्या भने पनि पोखराको लेकसाइर्ड स्थित सडकहरुमा पटक पटक लखेटी लखेटी मरन्नासन्न गरी कुटेको सि.सि. टी.भी. फुटेज प्रहरीले अनुसन्धानको क्रममा फेला पारेको थियो । उनको हत्याको सम्बन्धमा जाहेरी पछि घटनाको संलग्नताको आशंकामा ३ जनालाई पक्राउ गरेको छ ।
प्रतिक्रिया