१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मोवाइल चोरी गरी ल्याएको आरोपमा युवाहरु पक्राउ




१० असोज ०७८,काठमाडौं । मोवाइल चोरी पैठारी गरी ल्याएको आरोपमा प्रहरीले काठमाडौंको बल्खुबाट युवाहरुलाई पक्राउ गरेको छ । प्रहरीले विभिन्न कम्पनीका ६१ थान मोबाइल सहित २ जनालाई काठमाडौं बल्खुबाट बिहीबार प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा काठमाडौं शंखमुल बस्ने महोत्तरी बर्दिबास नगरपालिका १४ बस्ने २१ वर्षीय आकाश कार्की र काठमाडौं महानगरपालिका ३१ जडिबुटी बस्ने महोत्तरी बर्दिबास नगरपालिका १४ बस्ने २१ वर्षीय अमित कुमार महत्तो छन् ।
भारतबाट मोबाइल लगायतका सरसामानहरु भन्सार छली चोरी पैठारी गरी ल्याई कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले कारोबारमा संलग्न उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालय गौचरण काठमाडौंमा पठाइएको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : १० आश्विन २०७८, आइतबार  ८ : ३२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।