
११ असोज ०७८, ललितपुर । ललितपुरको धापाखेलस्थित एक पोखरीमा डुवेर वालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ललितपुरको ललितपुर महानगरपालिका २४ धापाखेलस्थित पोखरीमा डुबेर काठमाडौं महानगरपालिका १५ स्वयम्भु बस्ने धादिङ घर भएकी मनिका बोहोराको छोरा ४ वर्षीय अमन बोहोराको शनिबार साँझ मृत्यु भएको हो ।
खेल्ने क्रममा पोखरीमा डुबेर गम्भीर घाइते भएका उनको ललितपुरको एक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।







प्रतिक्रिया