९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओ निष्काशन



११ असोज ०७८, काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले साधारण सेयर (आइपीओ ) निष्काशन गरेको छ ।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता आइपीओ निष्कासन गरेको हो । जसमा ४० हजार कित्ता म्युचुअल फन्ड र १६ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने बाँकी ७ लाख ४४ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन् ।

उक्त आइपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा असोज २५ गतेसम्म आवेदन दिन सकिनेछ । आइपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ ।

आइपीओमा सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो मेरो सेयरबाट आवेदन दिन सकिन छ । यसको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट रहेको छ । कम्पनीकोे आइपीओलाई इक्रा नेपालले ‘इक्रएनपी आइआर डबल बी माइनस’ रेटिङ दिएको छ ।

प्रकाशित मिति : ११ आश्विन २०७८, सोमबार  ९ : ५९ बजे