
१४ असोज ०७८, काभ्रे । भारतका विदेश संयुक्त सचिव अनुराग श्रीवास्तव र काभ्रेपलाञ्चोक २ का सासंद गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक १ का सासंद गङ्गा बहादुर तामाङ्ग, नेपाल सरकार राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य प्रसाद शर्माले बुधबार काभ्रेपलाञ्चोकमा निर्माण सम्पन्न भएका ६ वटा विद्यालयहरुको संयुक्त रुपमा उद्घाटन गरेका छन् । भारत सरकारको पुनर्निर्माण अनुदान सहयोग अन्तर्गत यी ६ वटा विद्यालयहरु १९ कारेड ७ लाख लागतमा निर्माण भएको भारतीय द’तावासले जानकारी दिएको छ ।
नेपाल सरकारले निर्धारण गरेको भूकम्प–प्रतिरोधी पुनर्निर्माण मापदण्ड अनुरुप श्री आजाद माध्यमिक विद्यालय ९बनेपा०, श्री भगवती माध्यमिक विद्यालय ९पाँचखाल०, श्री आजाद माध्यमिक विद्यालय ९पाँचखाल०, श्री दुग्धेश्वर माध्यमिक विद्यालय ९पाँचखाल०, श्री शारदा माध्यमिक विद्यालय ९पनौती० र श्री खाँडादेवी माध्यमिक विद्यालय ९चौरी देउराली० गरी ६ वटा विद्यालयहरुको निर्माण संपन्न गरिएको हो ।
यसले २००० भन्दा बढी विद्यार्थीहरुले राम्रो शैक्षिक वातावरणमा अध्ययन गर्न पाउनेछन्। नेपालका आठ जिल्लामा भूकम्पले क्षति पु¥याएका शैक्षिक संस्थाको पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिबद्घता जनाएको हो । यी विद्यालयहरु पनि यसै योजना अन्तर्गत निर्माण भएका हुन्। यसरी लाभान्वित हुने आठ जिल्लाहरु गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौं रहेका छन् । हालसम्म १४ वटा विद्यालयहरुको निर्माण भइसकेको छ भने ५६ वटा विद्यालयमा निर्माण कार्य भइरहेको छ ।
कार्यक्रममा श्री श्रीवास्तवले यी ६ वटा विद्यालयहरुले नेपाली जनताको साहस र क्षमतालाई उत्कृष्ट तवरले दर्शाएको र नेपालको एक भरपर्दो विकास साझेदार हुन पाउँदा भारतलाई निकै गर्व लागेको बताए । पुनर्निर्माण कार्यमा नेपालले चालेका हरेक प्रयासमा भारत, एक घनिष्ठ मित्र र छिमेकीको रुपमा, नेपाली जनतासँग काँधमा काँध मिलाई उभिएका उनले बताए ।
बुधबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिकामा खोपासी प्राथमिक उपचार केन्द्रको भूमि पूजन कार्यक्रम सम्पन्न भएको थियो । स्वास्थ्य क्षेत्रमा १ सय ३२ वटा स्वास्थ्य चौकी पुनर्निर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको थियो । यो स्वास्थ्य चौकी पनि यसैको हिस्साको रुपमा रहेको छ । रु ७ं करोड ५ लाखमा उक्त प्राथमिक उपचार केन्द्रको पुनर्निर्माण हुन लागेको हो । यस उपचार केन्द्रले काभ्रेपलाञ्चोक जिल्लाका करिब १५ हजार मानिसलाई आपतकालीन, मातृ तथा शिशु स्वास्थ्य र अन्य चिकित्सा सेवाहरु प्रदान गर्नेछ ।
नेपालमा आवास, शिक्षा, स्वास्थ्य तथा सांस्कृतिक सम्पदा क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारतले २ सय ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ । भूकम्पपछिको पुनर्निर्माण कार्यका लागि आवासको क्षेत्रमा गोरखा र नुवाकोट जिल्लामा ५०हजार घरहरु, शिक्षाको क्षेत्रमा ७० वटा विद्यालय र एउटा पुस्तकालय, स्वास्थ्यको क्षेत्रमा १ सय ३२ वटा स्वास्थ्य भवन, र सांस्कृतिक सम्पदाको क्षेत्रमा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्स्थापनारप्रबलीकरण कार्य भारतको आर्थिक सहयोगमा सञ्चालन भइरहेका छन् ।
भारतीय राजदूतावासका अधिकारी, केन्द्रीय आयोजना कार्यान्वयन इकाई ९शिक्षा०, जिल्ला आयोजना कार्यान्वयन इकाई ९काभ्रेपलाञ्चोक०, बनेपा नगरपालिका, पनौती नगरपालिकाका प्रतिनिधि तथा अन्य सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।







प्रतिक्रिया