१६ पुस २०८२, बुधबार | Wed Dec 31 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आफ्नै श्रीमतीको हत्यापछि अर्धाखाचीबाट एक पुरुष पक्राउ



१४ असोज ०७८, अर्घाखाँची । आफ्नै श्रीमतीको हत्याको आरोपमा प्रहरीले उनको श्रीमान बिष्णु विकलाई अर्धाखाचीबाट पक्राउ गरेको छ । आफ्नै ३५ वर्षीया श्रीमती सिता बिकको हत्या गरेको अभियोगमा सन्धिखर्क नगरपालिका ७ न्युखोला बस्ने ३० वर्षीय बिष्णु विकलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार आपसमा सामान्य विवाद हुँदा मंगलबार राति बिष्णुले सिताको टाउकोमा लाठी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी नरपानीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

 

प्रकाशित मिति : १४ आश्विन २०७८, बिहिबार  ११ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।