१७ असोज ०७८, काठमाडौं । साहस उर्जा लिमिटेडको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । कम्पनीको आईपीओको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा आइतबार शेयर बाँडफाँड भएको हो ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका२०७४ बमोजिम कम्पनीको आईपीओ शेयर गोलाप्रथाबाट ६ लाख ४४ हजार जना आवेदकले १० कित्ताका दरले पाएका छन् भने ११ हजार ९९६ जनाको आवेदन रद्द भएको छ ।
आईपीओमा २३ लाख ९५ हजार ४५६ जनाले आवेदन दिएकोमा २३ लाख ८३ हजार ४६० जनाको आवेदन मात्र सदर भएको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले बाँडफाँड कार्यक्रममा जानकारी दिएको छ । सदर आवेदनमार्फत कुल ३ करोड १३ लाख ६१ हजार २३० कित्ता शेयर माग भएको थियो । रद्द भएको ११ हजार ९९६ वटा आवेदन मार्फत १ लाख ७९ हजार ७७० कित्ता शेयर माग भएको थियो ।
प्रतिक्रिया