१९ असोज ०७८, काठमाडौं । व्यावसायी तथा सिभिल समुहका अध्यक्ष इच्छाराज तामाङसहित एक दर्जनलाई प्रहरीले काठमाडौंको सुन्धाराबाट पक्राउ गरेको छ ।
सोमबार केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले तामाङसहितलाई पक्राउ गरेको जानकारी दिएको छ ।
सिभिल सहकारी का निक्षेपकर्ता ठगी गरेको अभियोग उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
उनीहरुको विरुद्ध निक्षेपकर्ताहरुले जाहेरी दिएपछि पक्राउ गरिएको बताइएको छ । सहकारीबाट बचत उठाएर अधिकाशं रकम तामाङले आफैले लगानी गरेकोले लामो समयदेखि फिर्ता गर्न सकेका थिएनन् ।
लामो समयदेखि बचत फिर्ता नगर्दा सिभिल सहकारीमा बचतकर्ताको भीड लाग्ने गरेको छ ।
१९ आश्विन २०७८, मंगलबार
0
Shares
प्रतिक्रिया