९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मध्य भोटेकोशी जलविद्युतको आईपीओ खुला



२० असोज ०७८, काठमाडौं ।  मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन खुला गरिएको छ।

कम्पनीले कुल ९० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ९० लाख कित्ता आईपीओ निष्कासन गरेको छ।

कुल निष्कासन हुने कित्तामध्ये ३ लाख ६० हजार कित्ता (४ प्रतिशत) कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ४ लाख ५० हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी रहेको ८१ लाख ९० हजार कित्तामा सर्वसाधारणले आवेदन पेस गर्न सक्नेछन्।

यो आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १० हजार कित्तासम्म आवेदन पेस गर्न सक्नेछन्। आईपीओको निष्कासन बन्द छिटोमा असोज २५ गते हुनेछ। उक्त अवधिमा पनि मागबमोजिम आवेदन नपरेमा ढिलोमा कात्तिक ३ गतेसम्म बिक्री खुला रहनेछ।

प्रकाशित मिति : २० आश्विन २०७८, बुधबार  १० : ३५ बजे