२१ असोज ०७८, काठमाडौँ । दसैँको पहिलो दिन सुनको मूल्य प्रतितोला रु ५०० सयले बढेको छ । छापावाल सुन बुधवार प्रतितोला रु ८९ हजार ९०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ९० हजार ४०० तोकिएको छ ।
त्यस्तै तेजाबी सुनको बजार मूल्य आज प्रतितोला रु ८९ हजार ९५० पुगेको छ । बुधवार प्रतितोला रु ८९ हजार ४५० मा तेजाबी सुनको कारोबार भएको थियो ।
महासङ्घका अनुसार लगातार चार कारोबार दिन स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला रु १० ले बढेर एक हजार १७० कायम भएको छ । चाँदी बुधवार प्रतितोला रु एक हजार १६० मा कारोबार भएको थियो ।
प्रतिक्रिया