१६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


बैंकमा रहेको तरलताको समस्या समाधान गर्न परिसङ्घको आग्रह



नयाँ नोट ।

२२ असोज ०७८, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा तरलताको दबाब बढ्दै गएको र ब्याजदरमा समेत वृद्धि भइरहेकामा नेपाल उद्योग परिसङ्घले ध्यानाकर्षण भएको जनाएको छ । तरलता र ब्याजदरमा परेको चापप्रति सरकार र नेपाल राष्ट्र बैंकले चनाखो हुने हो भने यो समस्या समाधान हुने परिसङ्घको बुझाइ छ ।
बैंक तथा वित्तीय संस्थाले हाल तरलताको चाप देखिनुको मुख्य कारण कर्जा स्रोत परिचालन अनुपात हटाई कर्जा–निक्षेप अनुपात ९० प्रतिशत कायम गर्नुलाई मानेको भन्दै परिसङ्घले चाडपर्वका समयमा नयाँ मुद्रा निकाल्ने प्रचलनलेसमेत तरलतामा चाप परेको स्पष्ट पारेको छ । समस्या समाधानका लागि कर्जा–निक्षेप अनुपात तत्काल ९० प्रतिशतमा कायम गर्दा उत्पन्न समस्यालाई आगामी पुस मसान्तसम्ममा ९५ प्रतिशत अनुपात कायम भए हुने तथा आगामी असार मसान्तभित्र क्रमशः ९० प्रतिशतसम्ममा ल्याउनुपर्ने गरी निर्देशन जारी हुनुपर्ने परिसङ्घको भनाइ छ ।
तरलताको चाप रहने आँकलन गरिएका आगामी दुई महिनाका लागि संस्थागत निक्षेपकर्ता तथा बैंक तथा वित्तीय संस्थालाई संयमता अपनाउन परिसङ्घले आग्रह गरेको छ । अधिक ब्याज पाउने नाममा छिटोछिटो निक्षेप नसार्न संस्थागत निक्षेपकर्तालाई परिसङ्घले अनुरोध गर्दै छोटो अवधिको निक्षेप स्वीकार गर्दा ब्याजदर बढ्ने जोखिमप्रति बैंक तथा वित्तीय संस्थासमेत जिम्मेवार बन्नुपर्ने परिसङ्घको ठहर छ ।

प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार  ५ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।