१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


दसैँमा कर्णालीको दशा : २१ दुर्घटना, ३७ को मृत्यु




१ कार्तिक ०७८, कर्णाली । दसैँको अवधिभर कर्णाली प्रदेशमा साना ठूला गरी २१ सवारी दुर्घटना भएका छन् । प्रदेश प्रहरी कार्यालय सुर्खेतले ती दुर्घटनामा परी ३७ को मृत्यु भएको जनाएको छ । यस अवधिमा सबैभन्दा ठूलो दुर्घटना यही २६ गते मुगुमा भएको छ । नेपालगञ्जबाट मुगु सदरमुकामतर्फ जाँदै गरेको बस छायाँनाथ रारा नगरपालिकाको पिनातपने खोलामा दुर्घटना हुँदा ३२ को मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । यो दुर्घटनामा मृत्यु हुनेमध्ये छायाँनाथ रारा नगरपालिकाकामात्रै २९ जना थिए । यो दुर्घटनाले सो नगरपालिका पूरै शोक डुब्यो ।
प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार सुर्खेतमा भएका नौ दुर्घटनामा तीनको मृत्यु तथा २२ घाइते, रुकुम पश्चिम र जुम्लामा दुई जनाको मृत्यु, दैलेखमा भएका चार दुर्घटनामा सात घाइते, सल्यानमा दुई दुर्घटनामा १६ घाइते भएका छन् । मुुगुमा दुई, जाजरकोट, रुकुम पश्चिम, जुम्ला र कालीकोटमा भएका एक÷एक सवारी दुर्घटना भए । प्रदेशमा दसैँ अवधिभर ११ जनाले आत्महत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ६ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।