९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेपाल टेलिकमले ल्यायो नयाँ अफर




१ कार्तिक ०७८ काठमाडौं । नेपाल टेलिकमले नयाँ अफर ल्याएको छ । मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु अटम अफर उपलब्ध गराउने भएको हो । टेलिकमले एफटिटिएच सेवामा समर अफर अन्तर्गत अहिले उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप परिमार्जन गरी यो अफर उपलब्ध गराउने भएको हो ।
यो अफर कात्तिक एकदेखि ९० दिनसम्मका लागि लागू हुनछ । कम्पनीका अनुसार ग्राहकको सुविधाका लागि उपलब्ध गराएको अटम अफर थप आकर्षक हुनेछ।
सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफर
अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म चलाउन मिल्नेगरी पाँच सय ९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ।
यो अफर खरिद गरेपश्चात् सुलभ दरमा डाटा सेवा समेत लिन चाहेमा ग्राहकले दुई सय ९९ मा प्रतिदिन एक जिबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जिबी डाटा सेवा एड–अन प्याकको रुपमा खरिद गर्न सक्नेछन्।
प्रतिदिन प्रयोग गर्न सकिने एक जिबी डाटा सकिएमा ६४ केबिपिएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन।
यदि ग्राहकले ६४ केबिपिएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा ३० रूपैयाँमा एक जिबी, ४० रूपैयाँमा २ जिबी र ५० रूपैयाँमा ३ जिबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी एड–अन प्याककै रुपमा खरिद गर्न सक्नेछन्।
अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन एक जिबी प्रयोग गर्न सकिने ३० जिबी डाटा सेवाको प्याक पाँच सय ९९ मा खरिद गर्न सक्नेछन्।
यो अफर खरिद गरेपश्चात् ग्राहकले सुलभ दरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा दुई सय ९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने एड–अन प्याक खरिद गर्न सक्नेछन्।

प्रकाशित मिति : १ कार्तिक २०७८, सोमबार  ३ : ०८ बजे