९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, कसरी हेर्ने रिजल्ट ?



५ कार्तिक ०७८, काठमाडौं ।  न्यादी हाइड्रोपावरको प्राथमिक शेयर (आईपीओ) बाँडफाँड भएको छ । शुक्रबार बिहान बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँड भएको हो ।

धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका बमोजिम कम्पनीको आईपीओ २ लाख ९ हजार २५० जनाले गोलाप्रथाबाट १० कित्ताका दरले पाएका छन् । आईपीओमा आवेदन गरेर योग्य भएकामध्ये पनि २० लाख ३१ हजार ८८८ जना आवेदकको हात भने खाली भएको छ । यो संख्या कुल सदर आवेदकको ९०.६६ प्रतिशत हो । कुल सदर आवेदकको ९.३४ प्रतिशतले मात्र शेयर पाएका छन् ।

आईपीओको नतिजा कम्पनीको वेबसाइट, बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको वेबसाइट, सिडीएससीको मेरो शेयर र सिडीएसको नयाँ वेबसाइटबाट हेर्न सकिने छ । जस अनुसार न्यादी हाइड्रोपावरको वेबसाइट https://nhl.com.np/ , बिक्री प्रबन्धक ग्लिोबल आईएमई क्यापिटलको वेबसाइट  https://www.globalimecapital.com/ , सिडीएससीको मेरो शेयरको वेबसाइट http://meroshare.cdsc.com.np र सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट  http://iporesult.cdsc.com.np बाट हेर्ने सकिने छ ।

कम्पनीले असोज १५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरमा कुल २२ लाख जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर खरीदका लागि सर्वसाधारणबाट आवेदन संकलन गरिएको थियो ।

 

प्रकाशित मिति : ५ कार्तिक २०७८, शुक्रबार  १० : ५३ बजे