१५ पुस २०८२, मंगलबार | Tue Dec 30 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


५ वर्षका वालवालिकाहरुलाई समेत कोरोना खोप फाइजर लगाइने




६ कार्तिक ०७८, काठमाडौं । अमेरिकाको फाइजर–बायोएनटेक कम्पनीद्वारा उत्पादित कोरोना विरुद्धको फाइजर खोप ५ देखि ११ वर्षसम्मका बालबालिकालाई समेत लगाइने भएको छ ।
हालै सम्पन्न परीक्षण अनुसार उक्त उमेर समूहका बालबालिकामा यो खोप ९० दशमलव ७ प्रतिशत प्रभावकारी देखिएको पुष्टि भएको छ । यस कम्पनीले शुक्रबार ‘क्लिनिकल ट्रायल’को रिपोर्ट सार्वजनिक गर्दै यो खोप ५ देखि ११ वर्षसम्म उमेर समूहका बालबालिकामा समेत प्रभावकारी देखिएको जानकारी गराएको हो ।
‘ट्रायलमा संलग्नमध्ये १६ जना बालबालिकामा गरिएको अध्ययन अनुसार प्लेसेबो (ट्रायल ड्रग) सेवन गरेका १३ जना बालबालिकामा कोभिड–१९ संक्रमण देखियो भने फाइजर भ्याक्सिन लगाएका ३ जना मात्र संक्रमित भए,’ फाइजरले ‘युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन’लाई बुझाएको डकुमेन्टमा उल्लेख छ।
२ हजार २ सय ६८ जना सहभागी रहेको ट्रायलमा दुई गुणाभन्दा बढी बच्चाहरुलाई प्लेसबोभन्दा खोप दिइएको थियो, जसको प्रभावकारिता ९० प्रतिशतभन्दा राम्रो देखिएको थियो ।
फाइजरको क्लिनिकल ट्रायल भाइरसविरुद्ध प्रभावकारिता मापन गर्न डिजाइन गरिएको थिएन। यसको उद्देश्य परीक्षण पूरा गरिसकेका प्रौढहरुको तुलनामा खोप लगाएका बालबालिकाहरुमा ‘न्युट्रलाइज्ड एन्टीबडी’को मात्रा कस्तो छ भनी तुलना गर्नु रहेको कम्पनीले जानकारी दिएको छ ।

परीक्षणबाट प्राप्त नतिजाका आधारमा कोरोना भ्याक्सिनले बालबालिकामा बलियो प्रतिरोध क्षमता विकास गरेको फाइजर–बायोएनटेक कम्पनीले दाबी गरेको छ ।
पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई १० माइक्रोग्राम मात्र भएको दुई डोज खोप दिइएको थियो। १२ वर्षभन्दा माथिका बालबालिकालाई भने यही मात्राको खोपको तेस्रो डोज पनि दिइएको थियो ।
अमेरिकाकै फाइजर–बायोएनटेक र मोडर्ना खोपका कारण युवाहरुमा ‘साइड इफेक्ट’का रुपमा मुटुमा समस्या (म्योकार्डिटिस) नदेखिएको युएस फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनले जनाएको छ । १६ वर्षमाथिका व्यक्तिलाई फाइजर खोप लगाउन एडमिनिस्ट्रेसनले पूर्ण अनुमति दिइसकेको छ भने कम्तीमा १२ वर्ष पुगेका व्यक्तिहरुलाई खोप लगाउनको लागि भने अनुगमनसहितको अनुमति दिएको छ।

अमेरिकामा १२ देखि १७ वर्षसम्म उमेर समूहका ११ मिलियन (१ करोड १० लाख) बालबालिकाले फाइजर खोप लगाइसकेका छन् । एडमिनिस्ट्रेसनबाट अनुमति पाएपछि ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि सम्भवतः नोभेम्बरदेखि खोप दिइने फाइजर–बायोएनटेक कम्पनीले जनाएका छन्

प्रकाशित मिति : ६ कार्तिक २०७८, शनिबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।