
७ कार्तिक ०७८, जनकपुर । पाँच वर्षिया बालिकालाई बलत्कार गरेको आरोपमा ५१ वर्षिय शिक्षक(उपप्रध्यापक) पक्राउ परेका छन् । जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई आफ्नै घरमा बस्ने पाँच बर्षकी वालिकालाई केही महिना देखि निरन्तर यौन शोषण गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जनकपुरधाम ८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेका थिए । शोषणमा परेकी वालिकाको र परिवारको सदस्यको नाम प्रहरीले गोप्य राखेको छ
मण्डलले गणेश पूजाको दिन मौका मिलाएर छोरीको यौन शोषण गरेको पीडितका बुवाको दाबी छ । बालिकाले यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे बाहिर आएको थियो । उनका वावुले जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी दिएपछि उनी पक्राउ परेका हुन् ।
शुक्रबार प्रहरीले पीडित बालिकाको मेडिकल जाँच गरिसकेको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाउने तयारी गरिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।







प्रतिक्रिया